प्रीमियर लीगः चेल्सी विरुद्ध टोटनह्यामको रोमाञ्चक जीत

CollageMaker_202322801139760.jpg

२७ फरवरीः दयनीय लयमा रहने चेल्सीले ईंग्लिश प्रीमियर लीग फूटबलमा अझ एउटा निराशाजनक हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा चेल्सीलाई टोटनह्याम हट्स्परले २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट ओलिवर स्किपले ४६औं अनि ह्यारी केनले ८२औं मिनटमा गोल गरे। चेल्सीले पनि गोलको मौकाहरू सृष्टि गरेको थियो तर खराब फीनिशिंगले गर्दा टीमले हारको सामना गर्नु पऱ्यो। यस जीतपछि टोटनह्याम २५ वटा म्याचमा ४५ पोइण्टको साथ प्रीमियर लीग टेबलको चौथो स्थानमा कायम रह्यो। यसरी नै चेल्सी २४ वटा म्याचमा ३१ पोइण्टको साथ दशौं स्थानमा रहेको छ। चेल्सीले प्रीमियर लीगको जारी सीजनमा नौवटा म्याच हारिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *