मन्त्री लोकनाथ नेपालले गरे सूर्य एग्रोटेक- एग्रो प्राइभेट कृषि उद्यानको भ्रमण

IMG-20230227-WA0253.jpg

गान्तोक: राज्यका कृषि मन्त्री लोकनाथ नेपालले केरलको तिरूभनन्तपुरममा रहेको विभिन्न कृषि उद्यानको अवलोकन गर्दै सूर्य एग्रोटेक एक निजी एग्रो प्राइभेट कृषि उद्यान लगायत अन्यको भ्रमण गर्दै त्यहाँका कृषकहरुसँग अन्तरक्रिया गरे। बलौटे माटोमा खेती गरेर एक शिक्षित युवा जसले लाखौं रुपियाँको मासिक वेतन त्यागेर कृषि खेतीमा लागेको जसको खेती सोच्न नसक्ने बालुवा माथि मलजल गरेर अत्याधिक सागसब्जीको उप्जनी गरेको देखेपछि आश्चर्य प्रकट गर्दै कृषि माथि तनमन दिएर यसरी काम गर्नुपर्ने जिज्ञासा प्रकट गरे। सिक्किमले यहाँबाट पनि सिकेर राज्यमा कृषि विभाग र कृषकहरुले काम गर्नुपर्ने विचार व्यक्त गरे। मन्त्रीले भ्रमण अवधि च्याउ खेती,अर्किड फार्मिङका कृषकहरुसँग खेतीमाथि जान्ने जिज्ञासा गर्दै यहाँका कृषकहरुबाट विविध जानकारी लिए। व्यापक मात्रामा लगाइएको अर्किड गार्डनको नयाँ तक्निकी बारेपनि उनले बुझ्ने प्रयास गरे भने कृषकहरुले नोकरी व्यवसाय छोडेर थालेको बृहत कृषि खेतीको अवलोकन गर्दै कृषिमाथि अध्यापन गर्ने स्नातक विद्यार्थीहरुसँग बातचित गरे। केरेलाको बालुवा व्याप्त माटोमा यसरी हरेक उब्जनी भएको देखेपछि यहाँको झैं कतिपय तक्निकीहरु अब सिक्किम राज्यले पनि अपनाउनु पर्ने मन्त्री शर्माले विचार प्रकट गरे। यहाँको बलौटे माटोमा खोर्सानी, तुने बोडी, बैगुन जस्ता सब्जीहरुको व्यापक उब्जनी भएको देख्दा राज्यमा पनि अझ धेरै गर्न सकिने तर धेरै नयाँ तक्निकीसँग जोश र ऊर्जाको साथमा काम गर्नुपर्ने अनि कृषि विभाग र कृषकहरुले यसलाई अपनाउनु सके मुख्यमन्त्रीको वचन अनुरूप सरकारले सहयोग पुर्‍याउने मन्त्री शर्माले टोलीलाई बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *