केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण मंगलवार उत्तर सिक्किम जाने

गान्तोकः केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमण चारदिने सिक्किम भ्रमणमा आइपुगेकी छन्। उनी यहाँ अपराह्न आइपुगेकी हुन्। यहाँ आउनसाथै उनले बेलुकी ५ बजीदेखि चिन्तन भवनमा पत्रकारहरूसँग कुराकानी गरिन्। यसपछि उनले ६ बजी सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाइन्। भोलि बिहान ९ बजी वित्तमन्त्री सीतारमणले एमजी मार्गमा राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्याङ्क (नाबार्ड) अनि एसएचजीहरूद्वारा राखिएको स्टलहरूको अवलोकन गर्नेछन्। त्यसपछि पुनः चिन्तन भवनमा नाबार्डद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन्। उक्त कार्यक्रमपछि भोलि नै उनी मंगन जिल्लाको लाचेन जानेछन्। त्यहाँ उनले बेलुकी ५ बजीदेखि लाचेन जुम्साका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछन्। १ मार्चको दिन एसबीआईको एटीएमको उद्घाटन गर्नेछन् अनि पुनः गान्तोक फर्किनेछन्। २ मार्चको दिन उनी यहाँबाट सोझै नयाँ दिल्लीको निम्ति प्रस्थान हुनेछन्।

आज उनलाई बाघडुग्रा विमानस्थलमा राज्यको तर्फबाट मन्त्री बीएस पन्त लगायत सम्बन्धित निकायका अधिकारीहरूले स्वागत जनाए भने राज्यको मुख्य प्रवेशद्वार रम्फूमा पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, विधायकगण लगायत अन्य अधिकारीहरूले स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *