रिनाक सरकारी विद्यालयको प्रबन्धन समिति गठन

sikkim-school-1590162942.jpg

रिनाक: रिनाक सरकारी निम्न माध्यमिक विद्यालयको आज विद्यालय प्रबन्धन समितिको नयाँ कार्यकारी समिति गठन गरियो। पुरानो कार्य़कारी समिति विगठन गरेपछि नयाँ समितिको गठन गरिएको हो। यस सभामा वर्ष २०२३-२४को निम्ति जसमा अध्यक्षको पदमा बबिता गदाईली, उपाध्यक्ष सिता खाती, सचिव टीएन पौड्यालसहित अन्यहरूलाई पनि समितिमा सामेल गरिएको छ।

सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष गदाईलीले स्कूलको विकासमा एसएमसीको महत्वपूर्ण भूमिका रहने साथै प्रधानाध्यापक/स्कूलसँग समन्वय राखेर उचित सहयोग, सुझाव बताइन्। विशेष गरेर उनले दिवा भोजनको बारेमा बोल्दै एसएमसीद्वारा बेलाबखतमा यसको हेरचाह, निरीक्षण गरेमा असल हुनेछ जानकारी गराइन्। साथै स्कूल विकास कोषको निम्ति शिक्षक-शिक्षिका लगायत अभिभावक अनि एसएमसीले सहयोग गर्न आह्वान गरिन्।

सभाको अघावै विद्यालयका प्रधानाध्यापक टीएन पौड्यालले स्वागत सम्बोधनमा स्कूलको गतिविधिमाथि प्रकाश पार्दै बितेका अघिल्लो वर्षमा स्मारिका प्रकाशित, वार्षिक उत्सव अनि धेरै राम्रा कार्यहरू गरिएको, यद्यपि यसमा सबै अभिभावक, स्कूल परिवारसहित पूरानो एसएमसीको पूर्ण साथ, सहयोग रहेको स्मरण गराए। प्रेरणा छात्रवृत्ति, मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाबारे पनि प्रधानाध्यापक पौड्यालले बताउँदै स्कूलमा शिक्षण/गैर शिक्षण गरी जम्मा १७ जना,१७९ विद्यार्थी लगायत यस वर्षको शैक्षिक सत्रमा ३७ जनाले नयाँ भर्ना भएको समेत जानकारी दिँदै स्कूलमा एक नेपाली विषयका स्नातक शिक्षकको नितान्त आवश्यक रहेको पौड्यालले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *