प्रदेश भाजपाले केन्द्रिय वित्त मन्त्री समक्ष ‘वान टाइम फाइनेन्सियल प्याकेज’ को माग

566666

गान्तोकः भारतीय जनता पार्टीको सिक्किम प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाको अगुवाईमा आज पार्टी कार्यकारी र कार्यकर्ताहरूले केन्द्रिय वित्त एवं कर्पोरेट मन्ती निर्मला सीतारमणसँग रम्फूमा भेट गरे। यस भेट अवधि विधायक थापाले सीतारमण समक्ष महत्वपूर्ण वित्तीय मुद्दाहरू उठाएको कुरा प्रेस विगप्तिमा उल्लेख छन्‌।

उनले केन्द्रिय मन्त्री समक्ष ‘वान टाइम फाइनेन्सियल प्याकेज’ को माग राख्दै सिक्किमले ठूलो आर्थिक बोझ झेलिरहेको अवगत गराइन्‌। उनले राज्यमा बेरोजगार समस्या बढिरहेको छ भन्दै यसलाई सम्बोधित गर्न आवश्यक कदम उठाइनु पर्नेछ भनी बताए। उनले राज्यमा आलनिर्भरतालाई प्रोत्साहित गर्न ब्याङ्कहरूलाई लघु व्यवसाय क्रण उपलब्ध गराउन निर्देश दिन सुझाउ राखे। यसैगरी, विधायक सोनाम भेन्चुङ्गपाले सिक्किम र पूर्वोत्तर क्षेत्रमा बेरोजगारी समस्यालाई सम्बोधित गर्न पूर्वोत्तर औद्योगिक लगानी एवं प्रवर्द्धन नीतिलाई विस्तार गर्न अनुरोध गरे। केन्द्रिय वित्त मन्ती सीतारमणले धैर्यपूर्वक कुराहरू सुनेको बताइएको छ। केन्द्रिय वित्त मन्त्रीको भ्रमणले सिक्किम सम्बन्धित मुद्दाहरूलाई सम्बोधित गर्ने कुरामा प्रदेश भाजपा आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement