अलिपुरद्वार जिल्ला अस्पतालमा सपोर्टिङ कर्मचारीहरूद्वारा काम रोक आन्दोलन

7ea444f5-2001-4113-b6de-85148373c8e0

कालचिनीः सोमबार बिहानदेखि अलिपुरद्वार जिल्ला अस्पतालमा कर्मरत सपोर्टिङ कर्मचारीहरूद्वारा काम बन्द आन्दोलन गरिएपछि अस्पतालमा बहिर्विभागमा चिट्ठा काट्न लाईनमा बसेका रोगीहरूले समस्याको सामना गर्न परेको थियो। सपोर्टिङ स्टाफहरूले धेरै अघिदेखि नै वेतन वृद्धिको निम्ति अस्पतालका सुपर लगायत रोगी कल्याण समिति समक्ष ज्ञापन चढ़ाउँदै आईरहेको तर पनि समस्याको समाधान नभएकोले सोमबार अचानक सपोर्टिङ स्टाफहरूले काम बन्द गरेको थियो। सपोर्टिङ स्टाफहरूले बताए अनुसार तिनीहरूको दैनिक रोज केवल १०० रुपियाँ रहेको र यसले घर संसार चल्न असम्भव भएकोले वेतन वृद्धिको निम्ति काम बन्द राखिएको थियो।
यता अलिपुरद्वारका नवनिर्वाचित रोगी कल्याण समितिको चेयरम्यान विधायर सुमन काञ्जीलालले अस्पतालमा आफू पनि नयाँ रुपले चेयरम्यान भएको र अस्पतालका सुपर डा. परितोष बर्मनले पनि सुपरको पदभार ग्रहण गरेको यद्यपि जे पनि समस्या छन् त्यसलाई टेबल वार्ता मार्फत सुल्झाउन सकिने तर यसरी अस्पतालको परिसेवामा बाधा उत्पन्न गरेर आन्दोलनको सहन नगरीने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement