जोहन एफसी जोगमाया चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेस

IMG-20230227-WA0210.jpg

खरसाङ: जोहन एफसी जोगमायामा भईरहेको फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेस गरेको छ। अब उपाधिको लागि जोहन एफसीको भीड़न्त हिरो बजार तीनधारेसित हुने भएको छ। युनाईटेड जोगमाया स्पोर्टिङ क्लब (युजेएससी) को आयोजनामा भईरहेको फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल खेलमा जोहन एफसीले शिवखोला ५ नम्बरलाई पेनल्टीमा पराजित गरेर फाइनलमा प्रवेस गरेको छ। उक्त दोस्रो सेमी फाइनल खेलमा जोहन एफसी र शिवखोला ५ नम्बरले निर्धारित समयसम्म पनि कुनै गोल नभएपछि पेनल्टी शुट आउटको साहारा लिनु परेको थियो। पेनल्टीमा पनि बराबर भएपछि दुवै दलको गोल किपरमाझ भएको पेनल्टीमा परिणाम ल्याउँदै जोहन एफसी फाइनलमा प्रवेस गरेको छ। अब आगामी ५ मार्चको दिन हुने फाइनल खेलमा जोहन एफसीको भीड़न्त हिरो बजार तीनधारेसित हुने भएको छ। गत २५ दिसम्बरदेखि जोगमाया चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा जम्मा २३ वटा फुटबल टिमहरूले भाग लिएका थिए। उक्त फुटबल टुर्नामेन्टको विजेता दललाई १ लाख अनि उप विजेता दललाई ५० हजार रूपियाँ नगदराशिसहित ट्रफी प्रदान गरिने जानकारी आयोजक समितिको पक्षमा सुजन मंगरले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *