नालाबाट एक व्यक्तिको शव उद्धार

8033d550-04e8-4196-b3a4-ca8563194489

सिलगढी: सिलगढी महकुमाको नक्सलबारीको आशापुर चिया बगान क्षेत्रमा सडक किनारको नालाबाट एक व्यक्तिको शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ । मृतकको नाम बिस्राम मुण्डा हो । उनी आशापुर चियाबारीमा अस्थायी कामदार थिए । घटनास्थल पुगेर शव बरामद गरी नक्सलबारी ग्रामीण अस्पतालमा पठाइएको थियो । मृतकको शरीरमा चोटपटकको निशान छ । शवलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement