
तल्लोघरे थापा साँइलो
साँझ सधैं स्वतन्त्र शरीरमा
मात लाग्यो मलाई,के विराएँ मैले भन्छ।
नदेखिने पिरहरूहको मात छातीमा
गाडिएको छ ,बिमूर्त सन्तान जस्तो
साँइलीको स्वतन्त्र कोखमा।
यो देशको जिल्लापालको कुर्सी
पाँउन जीवन दाउमा लाएर मात्रै पुग्दैन
साँइलीको कोख भन्दा गाह्रो छ बोझ।
यता हल्लैहल्लाको बजार थापेर
बुद्धिहीन बुद्धिको किषानी गर्दै
बस्न पाईने कुर्सी सर्वमान्य छ।
त्यसैले होला थापा साँइलो
साँइलिको कोखलाई गिल्ला गर्दै
स्वतन्त्र शरीरमा मात लाग्यो भन्छ।
मात लाग्यो मलाई के विराएँ
हो त ,मैले के विराएँ भन्छ।।