लोक सभा अध्यक्ष ओम बिरलाद्वारा खरसाङको मकैबारी क्षेत्रको भ्रमण

IMG-20230227-WA0144.jpg

खरसाङ: लोक सभा अध्यक्ष ओम बिरलाले आज खरसाङको मकैबारी चियाबारीको तल्लो क्षेत्रको भ्रमण गरेका छन्। उनलाई मकैबारीको फूलबारी-कोदोबारी क्षेत्रमा स्थानीय मानिसहरूद्वारा जातीय बाजा-गाजासहित स्वागत गरेका छन्। त्यसपछि यहाँको मकैबारी जूनियर हाई स्कूलको प्राङ्गणमा उनले स्थानीय मानिसहरूसँग बातचीत गरेका थिए। यस अवधि अध्यक्ष बिरलाले गाउँवासीहरूको समस्याबारे पनि जानकारी लिएका छन्। गाउँवासीले अध्यक्ष बिरलालाई सर्वप्रथम त हामी गोर्खाहरूलाई देशको कुनै पनि स्थानमा विदेशीको लाञ्छाना लगाइन्छ, यो समस्याले भारतीय गोर्खाहरू वर्षौदेखि पीडित छन् भन्दै यो समस्याको स्थायी समाधान होस् भनी मांग गरेका छन्।

त्यसबाहेक गाउँलेहरूले अध्यक्ष बिरलाद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै चिया श्रमिकहरूको दैनिक हाजिरा कम्ती भएको अवगत गराउँदै न्यूनतम रोज लागु भए श्रमिकहरूको आर्थिक अवस्थामा सुधार आउने जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement