क्षेत्रलाई जलमग्न हुनबाट निजात दिलाउन नगरनिगमको पहल

Capture1-19.png

सिलगढी: सिलगढीको बोइज हाई स्कुल तथा दीनबन्धु मञ्च इलाका पानी पर्नासाथ जलमग्न हुने गर्दछ। यस क्षेत्रमा सठीक जल निकासी व्यवस्था नभएकोले गर्दा साधारण मानिसहरूलाई निक्कै समस्या हुने गर्दछ। यस समस्याको समाधान गर्न सिलगढी नगरनिगमले पहल गरेको छ। सिलगढीका मेयर गौतम देवले आज उक्त इलाकाको निरीक्षण गरेपछि चाँडै नै यो समस्याको समाधान गरिदिने इलाकावासीलाई आश्वासन दिएका छन्। मेयर देवले भने, प्रत्येक वर्ष वर्षाको मौसममा हल्का पानी पर्नसाथ उक्त इलाकामा घोडासम्म पानी जम्ने गर्दछ। यसले गर्दा उक्त इलाका भएर आवत-जावत गर्नेहरू लगायत विद्यार्थीहरूलाई निक्कै समस्या हुने गर्दछ। सहरवासीलाई उक्त समस्याबाट निजात दिलाउनको लागि तत्काल उपाय गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *