सेरि एः एसी मिलानले जिते पनि इण्टरको हार

CollageMaker_2023227124026667.jpg

२७ फरवरीः इटालियन सेरि ए फूटबलमा दुई मिलानले अलग-अलग परिणाम हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा एसी मिलानले जीत हासिल गरे पनि इण्टर मिलान चाहिँ हारको सम्मुखीन भयो। गत सीजनको च्याम्पियन एसी मिलानले अटलाण्टा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा सान सिरोमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानले आत्मघाती गोलको साथ खाता खोल्यो। अटलाण्टाका जुआन मुस्सोले २५औं मिनटमा आफ्नै नेटमा गोली हाले। त्यसपछि जूनियर मेसिएसले ८६औं मिनटमा अझ एक गोल गरी एसी मिलानलाई २-०-ले जीत दिलाए। यसरी नै अन्य एउटा म्याचमा इण्टर मिलानले बोलोग्ना विरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा बोलोग्नाको तर्फबाट एकमात्र गोल रिक्कार्डो ओरसोलिनीले ७६औं मिनटमा दर्ता गरे। अहिले दुवै मिलानसँग २४-२४ वटा म्याचपछि ४७-४७ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा सेरि ए टेबलमा इण्टर दोस्रो अनि एसी मिलान तेस्रो स्थानमा रहेको छ। यसरी नै बोलोग्ना ३५ पोइण्टको साथ सातौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *