२७ फरवरीः कठोर मेहनत र दृढ़संकल्पको साथ एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढ़िरहेकी एथलीट प्रिया छेत्रीले दिल्लीमा भएको हाफ म्याराथनमा पनि आफ्नो छाप छोड़िन्। सिलगढ़ी नजिक खोलाचन्द फाप्रीकी युवा एथलीट प्रिया छेत्रीले आइतवार भएको दिल्ली म्याराथनको हाफ म्याराथन (२१.१ किलोमीटर) स्पर्धामा असाधारण प्रदर्शन गर्दै नवौं स्थान हासिल गरिन्। प्रियाले १ घण्टा ४१ मिनट र १३ सेकेण्डको समयमा दूरी तय गरिन्। यसअघि उनी कलकत्तामा भएको हाफ म्याराथनमा पाँचौं अनि गोरुबथानमा भएको दौड़मा पनि दोस्रो स्थानमा रहेकी थिइन्। लामो दूरीकी धावक प्रियाको सफलताले स्थानीय खेलजगतमा खुशीको लहर छाएको छ।