नागरी टी स्टेट र मानेभञ्ज्यांग एफसी बन्यो संयुक्त विजेता

IMG-20230227-WA0103.jpg

२७ फरवरीः युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा नागरी टी स्टेट र मानेभञ्ज्यांग एफसी बन्यो संयुक्त विजेता बन्यो। नागरी फार्म खेल मैदानमा आइतवार भएको फाइनलमा दुवै टीमले नियमित समयको खेलमा गोल गर्न सकेन। त्यसपछि पेनल्टी शूटआउटको ७-७ वटा प्रयासपछि पनि स्कोर बराबरीमा रह्यो। झमक्कै रात परिसकेको हुनाले आयोजक समितिले दुवै टीमको परामर्श लिएर नागरी टी स्टेट र मानेभञ्ज्यांग एफसी-लाई टुर्नामेण्टको संयुक्त विजेता घोषित गऱ्यो। यसरी च्याम्पियन हुने टीमको निम्ति रहेको १.५० लाख रुपियाँको पुरस्कार राशि अनि रनर अप् हुने टीमको निम्ति रहेको १ लाख रुपियाँको पुरस्कार राशिलाई दुई टीमबीच बराबर गरेर बाँड़ियो।

व्यक्तिगत पुरस्कारहरूमा नागरी टी स्टेटका वांगदेन लामाले प्लेयर अव् द टुर्नामेण्ट र मानेभञ्ज्यांग एफसी-का म्याक्सवेलले प्लेयर अव् द म्याचको पुरस्कार जिते। फाइनलमा मुख्य अतिथिको रूपमा सांसद राजु बिष्ट उपस्थित थिए। यस अवसरमा सांसद बिष्टको बाहुलीबाट शहीद लान्स नायक हीरा बहादुर थापा (वीर चक्र)-को परिवारलाई सम्बर्द्धना जनाइयो भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement