प्रतिष्ठित बुड़ा सुब्बा गोल्ड कपको सेमिफाइनलमा पुग्यो यूकेएफसी

IMG-20230227-WA0091.jpg

२७ फरवरीः युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले प्रतिष्ठित बुड़ा सुब्बा गोल्ड कप फूटबल टुर्नामेण्टको २३औं संस्करणको सेमिफाइनलमा स्थान बनायो। धरान स्टेडियम (नेपाल)-मा आइतवार खेलिएको म्याचमा यूकेएफसी-ले धरान एफसी-लाई टाईब्रेकरमा ५-३-ले पराजित गऱ्यो।

नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यूकेएफसी-का प्रशिक्षक उर्गेन लामाले बताएअनुसार, उनको टीमले १ मार्चमा खेलिने पहिलो सेमिफाइनलमा आफ्नो चुनौती पेश गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement