पक्राउबाट जोगिन पोखरीमा हाम फालेका व्यक्तिको शव भेटियो

635841495303859277-70dd6f74-8c89-4f5b-b78d-2df906f1e8a1e8c4589b-666f-4345-98cf-776d6cce3b8a.jpeg.jpg

नगाउँ: असमको नगाउँ जिल्लाको जुरियामा केही मानिसहरु जुआ खेलिरहेका थिए।ति जुवा खेल्ने मानिसहरूलाई समात्न पुगेको पुलिसबाट जोगिन पोखरीमा एकजना व्यक्तिले हाम फालेका थिए।सोही व्यक्तिको चार दिनपछि मात्र मृतदेह भेटिएको छ। यो घटना जुरियाको मेलेकाधिंगमा घटेको हो।पुलिसले जुवा खेल्ने हरुलाई पक्राउ गर्न जाँदा ४/५ जना भाग्न सफल बनेका थिए। भाग्ने क्रममा अमीनुल इस्लाम पोखरीमा हाम फालेका थिए। त्यसपछि उनी हराएका थिए। आइतवार उनको शव पुलिस र एसडीआरएफले पोखरीबाट निकालेको छ।इस्लाम चिया दोकान चलाउने गर्थे। उनको परिवारले बताए अनुसार, अमीनुल इस्लाम जुआ खेल्ने मानिसहरूलाई चिया पुऱ्याउन गएका थिए। पुलिसको डरका कारण उनी पोखरीमा हाम फालेका थिए। पुलिसले शव पोस्टमार्टमको निम्ति अस्पताल पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement