जलपाइगढ़ीः आइतवार कुवाँबाट एक व्यक्तिको शव उद्धार हुँदा क्षेत्रमा सनसनी फैलियो। घटना नागेश्वरी चिया कमानको पाँच नम्बर लाइनको हो। मेटेली थाना पुलिस अनुसार, मृत व्यक्तिको नाम बिरिया ओराव (५२) हो। व्यक्ति स्थानीय निवासी थियो। स्थानीय मानिसहरूले आइतवार बिहान व्यक्तिको शव कुआँमा देखे। उनीहरूले यसको सूचना मेटेली थाना पुलिसलाई दिए। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो औं शवलाई कुआँबाट उद्धार गऱी पोस्टमार्टमको निम्ति जलपाईगढ़ी सदर अस्पताल पठायो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।