केन्द्रीय वित्त एवं कर्पोरेट मामिला मन्त्री सिक्किमको चार दिने भ्रमणमा

IMG-20230226-WA0272.jpg

सिक्किमका विभिन्न सरोकारवालाका प्रतिनिधिहरूसँग बजेट-पश्चात् अन्तरक्रिया हुने

गान्तोक:: केन्द्रीय वित्त एवं कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमण २७ फरवरीदेखि २ मार्च २०२३ सम्म सिक्किमको चार दिने भ्रमणमा आउने छिन्।

२७ फरवरी मन्त्रीले गान्तोकको चिन्तन भवनमा बजेट पश्चात् बजेट अन्तरक्रियात्मक सत्रमा भाग लिने कार्यक्रम रहेको छ, जहाँ उनले केन्द्रीय बजेट २०२३-२४ का प्रमुख विशेषताहरूमाथि आफ्नो मुख्य भाषण दिनेछिन् र त्यसपछि सिक्किमको व्यापार तथा उद्योग क्षेत्रसित आबद्ध सिक्किम च्याम्बर अफ् कमर्स, कर पेशाकर्मी, कर्पोरेट, विभिन्न सङ्घ, उद्यमी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछिन्। कार्यक्रममा सीजीएसटी, आयकर, ब्याङ्किङ क्षेत्र र सिक्किम सरकारका अन्य विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुनेछन्।

मन्त्रीको भ्रमणको क्रममा अन्य कार्यक्रमहरूमध्ये केन्द्रीय बजेटमा सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया; विभिन्न लाभार्थीहरूलाई चेक वितरण सहित नाबार्डका विभिन्न कार्यक्रमहरूको शुरुआत; लाचेन जुम्सा, मङ्गनका मानिसहरूसित अन्तरक्रिया; नागरकट्टा भू-भन्सार स्टेशन र पानीट्याङ्की एलसीएसबाट कुलकुली भू-भन्सार स्टेशनको ईडीआई प्रणालीद्वारा भर्चुअल उद्घाटन प्रमुख रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement