पर्जा पट्टाले माटोको भविष्य र जनताको भविष्यमाथि खेलवाड हुँदैछ भन्ने शंका छ: सासंद राजु विष्ट

IMG-20230226-WA0279.jpg

दार्जिलिङ: शरणार्थीको धब्बा लागेको पट्टा थापेर राख्दा शरणार्थीलाई छुट्टै राज्य दिनु सक्दैन भनी आज दार्जिलिङको सांसद राजु विष्टले बताएका छन्। सासंद राजुले दार्जिलिङमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सांसद राजु विष्टले पर्जा पट्टा कुनै एउटा सानो विषय होइन, यो एउटा ठूलो र गम्भीर विषय हो भनी बताएका छन्। उनले अाज पर्जा पट्टा विषयमा जुन कुरा भईरहेको छ यसले दार्जिलिङ, तराई डुवर्सको भविष्य तय गर्नेछ भन्दै यसले हाम्रो भविष्य कति सुरक्षित छ भन्ने गम्भीर ईश्यु र मुद्दा हो तर यो विषयमा बयानबाजी भईरहेको बताए। सासंद राजु विष्टले भने, ‘जीटीएले यो विषयलाई कत्तिको गम्भीरतापूर्वक लिएको छ मलाई थाहा छैन। तर राम्रो के हुन्थ्यो भने यहाँको सम्पूर्ण राजनैतिक दलहरू, ट्रेड युनियनहरू र अन्यलाई लिएर बैठक गरेर जानकारी दिएको भए राम्रो हुने थियो। तर यो विषयमा भ्रमको स्थिति व्यापक रूपमा फैलिएको छ र यसबाट म पनि प्रभावित छु।”
सासंद राजु विष्टले पर्जा पट्टा विषयमा प्रश्नहरू गर्दै भने, “यो बाँडिने पर्जा पट्टा असली हो? यो पट्टा बेच्न र साट्न सकिन्छ? यो पट्टाबाट लोन पाउन सकिन्छ कि सकिन्दैन तृणमूल सरकारले जीटीएमार्फत् उत्तर दिनुपर्छ। यो पट्टामार्फत् बंगलादेशबाट आएकाहरूलाई जस्तै व्यवहार गोर्खाहरूलाई पनि गर्न खोजेको हो? पट्टामा शरणार्थी शब्दको जुन उल्लेख गरिएको छ यो शरणार्थी पट्टा होइन भने लगत्तै विधान सभामा बिल पास गराएर शरणार्थी नलेखिएको असली पट्टा वितरण गरियोस् । त्यसको साथै अहिले वितरण भईरहेको ५ डेसिमल र ८ डेसिमल जमीनबाहेक अरू जमीन कसको हुन्छ? तृणमूल सरकारको? जीटीएको कि मालिकको?”
पत्रकारररूले सोधेका विभिन् प्रश्नहरूका उत्तर दिन्दै सासंद विष्टले अझ भने, “पर्जा पट्टा विषयमा जनतालाई बुझाउन सके भइहाल्छ तर माटोको भविष्य र जनताको भविष्यमाथि खेलवाड हुँदैछ भन्ने शंका छ कारण शरणार्थीको धब्बा लागेको पर्जा पट्टा थापेर बस्दा गोर्खाल्याण्डक लागि मांग गर्दा शरणार्थीलाई छुट्टै राज्य दिन सक्दैन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement