इटलीको दक्षिणी क्षेत्रमा अप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा करिब ३३ जनाको ज्यान गएको छ। जसमा १८० जना सवार आशंका गरिएको छl इटलीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा ३३ जनाको शव निकालिएको जनाएको छ। यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन्। त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ। एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ।









