असिईसको आम सभा सम्पन्न, नयॉं कार्यकारिणी समिति गठित

Untitled-1-copy-42

नाम्चीः नाम्चीको किसान बजारस्थित अखिल सिक्किम इसाई सङ्गठनको कार्यालयमा शनिवार असिईसको आम सभा सम्पन्न भयो। यस सभाको अध्यक्षता सङ्गठनका अध्यक्ष एल्डर लानम सेराङले गरेका थिए। सभा आयोजना गर्नुको मुख्य उद्देश्य सङ्गठनको पुरानो कार्यकारिणी समिति विगठन गरेर नयाँ समिति गठन गर्नु रहेको थियो। सभाले निर्णय गरेअनुसार, सङ्गठनको कार्यकारिणी समितिका अध्यक्ष एल्डर नालम सेराङ, उपाध्यक्ष प्रताप राई, महासचिव पास्टर मिका राई, संयुक्त सचिव विष्णु राई, कोषाध्यक्ष किसोर दुङ्माली राई, सहकोषाध्यक्ष एल्डर रिवास राई, प्रचार-प्रसार सचिव हेप्पी राई चयनित भएका छन्। सदस्यगणको रूपमा पासाङ तामाङ, आनन्द पेगा, एससी शर्मा र पञ्चमान छेत्री रहेका छन्।

उल्लेखनीय छ, २०२० मा स्थापना भएको यस सङ्गठनले धार्मिक कार्यक्रमसँगै विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ। सभामा कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, एमबी छेत्री, एल्डर लेडूप लेप्चा आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement