गान्तोकः मानव उत्थान सेवा समिति, सिक्किम राज्यको तत्वावधानमा आज राज्यको सबै जिल्लामा जिल्लास्तरीय सफाई अभियान आयोजना गरियो। मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजको दिशा निर्देशनमा आयोजित जिल्लास्तरीय सफाई अभियानको क्रममा गान्तोक तहसिलले राजधानीमा अवस्थित ठाकुरबाडी मन्दिरको सफाई गरियो।
सिक्किम दार्जीलिङ हिमाली क्षेत्र तथा गान्तोक तहसिल प्रभारी महात्मा ज्ञान बाईजीको नेतृत्वमा सम्पन्न राजधानीको सफाई अभियानमा राजधानी गान्तोक अनि रम्फू तहसिलका मानव सेवा दल, युवा प्रकोष्ठ अनि मानव उत्थान सेवा समितिका सदस्यगणको सहभागिता थियो। यसैगरी पश्चिम सिक्किम गेजिङ तहसीलद्वारा पनि तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजीको अगुवाईमा गेजिङ बाजारस्थित मानेलाखाङ गुम्बा परिसरको सफाई गरियो। यो सफाई अभियानलाई गेजिङ युथ फुटबल अकादमीले पनि विशेष सहयोग पुऱ्याएको थियो।









