अनुप्रवेशकारी भन्ने बयानको विरोधमा भारतीय गोर्खा परिसंघद्वारा एफआईआर

IMG-20230226-WA0264.jpg

खरसाङ: पश्चिम बंगाल राज्य विधान सभामा राज्यको मन्त्री सोभन देव चट्टोपाद्ययले गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको भन्दै भारतीय गोर्खा परिसंघले देशभरि नै विरोध गरिरहेका छन्। भागोपले २३ वटा राज्यहरूमा बंगालको मन्त्री विरूध्द पुलिसमा एफआईआर गरिरहेको र यता भागोप तीनधारे शाखाले पनि तीनधारे पुलिस आउट आउट पोष्टमा मन्त्री विरूध्द एफआईआर बुझाएको भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको सचिव दिपक प्रधानले बताएका छन्। उनले बताए अनुसार राज्यको मन्त्री सोभनदेव चट्टोपाद्ययले गोर्खाहरूलाई अनुप्रवेशकारी भनेकोमा भागोपले देशको २३ वटा राज्यहरूमा एफआईआर गरेको र तीनधारे शाखाले पनि तीनधारे आउट पोष्टमा एफआईआर बुझाएको छ। भारतीय गोर्खा परिसंघको सभापति शान्ति योञ्जन, उप सभापति सुरेशचन्द्र दर्नाल, सचिव दिपक प्रधान, सदस्य बानी बिलास खाती अादिले तीनधारे पुलिस आउट पोष्टको इन्चार्च एएसआई जीवन राईलाई बुझाएका छन्। यस विषयमा भागोप तीनधारेको सचिव दिपक प्रधानले एफआईआर थानामा बुझाएको तर रिसिफ कपि नदिएको जनाएका छन्। सचिव दिपक प्रधानले बंगाल विधान सभामा मन्त्रीले गेर्खाहरूलाई अनुप्रवेशकारी भनेकोमा विरोध गर्दै दार्जिलिङ र खरसाङका भाजपा विधायकहरू क्रमैले निरज जिम्बा र बीपी बजगाईले विधान सभामा सम्भाषण दिएकोमा भागोप तीनधारे शाखाको तर्फबाट धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement