तीनधारे: आफ्नो छुट्टी बिताएर ड्युटीको लागि घरबाट निस्केका झारखण्ड पुलिसको सञ्जय छेत्री केही दिनदेखि निखोज रहेका छन्।
खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको १२ नम्बर निवासी सञ्जय छेत्री विगत १९ फरवरीदेखि निखोज रहेको छ। झारखण्ड पुलिसमा कार्यरत् सिविटारको १२ नम्बर निवासी दलबहादुर छेत्रीको ४१ वर्षीय छोरा सञ्जय छेत्री गत १९ फरवरीको दिन छुट्टी बिताएर घरबाट बिहान ड्युटी जानलाई झारझण्डको लागि निस्केको तर सिलगढीदेखि निखोज रहेको बताइएको छ। सञ्जय छेत्री निखोज बनेपछि घैयाबारी निवासी उनको जेठु ( पत्नी रिना छेत्रीको दाजु) राजु छेत्रीले गत २० फरवरी २०२३ को दिन तीनधारे पुलिस आउट पोष्टमा जीडी गरेका थिए। उक्त जिडीमा जेठु राजु छेत्रीले सञ्जय छेत्री आफ्नो छुट्टी सकेर गत १९ फरवरीको दिन बिहान ७:३० बजे घरबाट निस्केर झारखण्डको पोरान्डा राँचीमा ड्युटीको लागि घरबाट निस्केको तर सिलगढीबाट वेपत्ता बनेको अनि अहिलेसम्म ड्युटीमा पनि नपुगेको उल्लेख गरेका छन्। जीडीमा उल्लेख गरिए अनुसार सञ्जय छेत्रीले हराएको बेलामा सेतो सर्ट, जिन्स, हरियो ज्याकेट र कालो जुत्ता लगाएका थिए। सञ्जय छेत्रीको ऊँचाई ५ फीट ६ ईञ्च र वर्ण गोरो रहेको पनि जीडीमा उल्लेख गरिएको छ। सञ्जय छेत्रीको जेठु राजु छेत्रीले बताए अनुसार सिलगढीबाट सञ्जय छेत्रीको फोनबाट फोनमा कसैले ‘तपाईको मान्छेको दुर्घटना भएको छ।’ कसैले उनलाई अस्पतालमा भर्ना गर्नु पर्ने भएकोले पैसा जीपे गरिदिने अनुरोध गरेका थिए। तर सिलगढीमा पनि नभेटेको र फोन पनि अफ् रहेको छ। कसैले भेटेको खण्डमा परिवारसित सम्पर्क गरिदिने आह्वान् पनि जेठु राजु छेत्रीले गरेका छन्।









