मालदाका विभिन्न थानाको घेराबन्दी

e6a91872-3742-464d-8324-767c3a16e97d

मालदा: केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिकको काफिलेमा भएको आक्रमणको विरोधमा मालदामा विरोध प्रदर्शन सुरु भएको छ। चञ्चल १२ नम्बर मण्डल भाजपा नेतृत्वले आइतबार दिउँसो मालदाको चञ्चल थाना घेरेर धर्ना दिए। भाजपा कार्यकर्ता र समर्थकहरू थानाको मुख्य गेट अगाडि धरनामा बसेका थिए। लामो समयसम्म प्रदर्शन जारी रह्यो । मालदा जिल्ला भाजपा युवा मोर्चा उपाध्यक्ष आयन रोय, मालदा जिल्ला भाजपा जिल्ला समिति सदस्य प्रशान्त पाल र अन्यले प्रदर्शनको नेतृत्व गरे। उल्लेखनीय कुरा के छ भने, शनिबार केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिकको काफिले कूचबिहारको दिनहाटाको बुरिरहटमा हमला भएको थियो। जसको आरोप भाजपाले तृणमूल कङ्ग्रेसका कार्यकर्तामाथि लगाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement