२६ फरवरीः लिम्बु बस्ती पारिजात संघ, सिलगढ़ीको तत्त्वावधानमा आयोजित नाइन ए साइड वनडे नक्आउट भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा रोयल फूटबल क्लब च्याम्पियन भयो। सरोजनी पल्ली, प्रकाशनगरमा पुरानो स्वीमिंग पूल नजिक स्थित खेल मैदानमा भएको यस टुर्नामेण्टको फाइनलमा रोयल एफसी-ले मिरिकको एक्स आर्मी भेटरन्सलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणब घोष र तेञ्जिंग भूटियाले गोल गरे।

जम्मा आठवटा टीमले हिस्सा लिएको यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिकास लिम्बु स्मृति विनर्स ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई विजय ठाकुरी स्मृति रनरअप् ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः प्रणब घोष (रोयल एफसी)
प्लेयर अव् द टुर्नामेण्टः दुर्गा छेत्री (एक्स आर्मी भेटरन्स, मिरिक)
हाईएस्ट गोल स्कोररः दुर्गा छेत्री (एक्स आर्मी भेटरन्स, मिरिक)
बेस्ट गोलकीपरः गोपाल (रोयल एफसी)
फेयर प्ले ट्रफीः मनजीत इलेभेन









