खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा घुम्ती चियाबारीको अादर्श श्रमिक कल्याण भवनमा नारी शक्ति तीनधारे महानदी समष्टीको सभापति निरा प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। यसै सभामा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महानदी ग्राम पञ्चायत स्तरीय कमिटी पनि गठन गरिएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एंव तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, समष्टी उपाध्यक्ष राजु लामा लगायत नारी शक्ति, युवा शक्ति, विभिन्न बुथहरूका सभापति, सचिवहरू एंव अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा भागोप्रमोको महानदी ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरिएको छ।

उक्त कमिटीमा संयोजकको रूपमा श्यामकुमार खवासलाई चयन गरियो भने सह संयोजकहरूमा मिलन तामाङ, राजीव तामाङ, प्रेमकुमार विश्वकर्म, सुचन तामाङ, महेन्द्र छेत्री, राजेन प्रधान चयन भएका छन्। त्यसरी नै प्रचार प्रसारमा विशन सेवा, पासाङ शेर्पा, सुशिल गुरूङ, कोषाध्यक्षमा टंकप्रसाद शर्मा लगायत सल्लाहकारहरू र कार्यकारी सदस्यहरू लगाएर जम्मा ८० जनाको कमिटी गठन गरिएको छ। सभापछि भागोप्रमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव उत्तम छेत्रीले विस्तृत रूपमा बताएका छन्।









