खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे स्थानीय पार्टी कार्यालयमा आज खरसाङ टाउन कमिटीको प्यारेन्ट्स बडी, नारी शक्ति तथा युवा शक्तीका नेतृत्वहरुलाई लिएर टाउन कमिटीका अध्यक्ष राजु शर्माकाे अध्यक्षतामा सभा सम्पन्न भएको छ। खरसाङ शहरलाई सुरक्षित गर्नकाे निम्ति भागोप्रमो खरसाङ शहर समितिकाे निवेदन अनि प्रयासमा केन्द्रीय अध्यक्ष अनित थापाको पहल अनि पावर डिपार्टमेन्टको एमओडी सभासद प्रणाम रसाईलीको पदक्षेपमा खरसाङ शहरलाई सुरक्षित बनाउनकाे निम्ति खरसाङ शहर वरिपरि सीसी क्यामेरा जडान गरिने विषय लिएर एक महत्वपूर्ण सभा गरियाे। सभाको सञ्चालन टाउन कमिटीको सह सचिव बीरबल पाख्रिनले गरेका थिए भने पावर विभाग एमओडी सभासद प्रणाम रसाईलीले आगामी ३ मार्च २०२३ शुक्रवारको दिन पार्क लोकेशन सार्वजनिक भवनमा एउटा कार्यक्रमको माध्यमद्वारा सीसी टीवी क्यामेरा जडानको निम्ति शिलान्यास गरिने जानकारी दिएका छन्।

उक्त सभामा महकुमाकa अध्यक्ष सुवास प्रधान, टाउन कमिटीका संयोजक समर दीप ब्लोन, २९ नम्बर समष्टि अध्यक्ष पेमेन्द्र गुरूङ, टाउन कमिटी नारी शक्तिका अध्यक्षा सबिता कार्की, युवा शक्तिका मूल सचिव बन्धन लामा तथा टाउन कमिटी प्यारेन्ट्स बडी का कार्यकारीणी सदस्य सन्तोष परीले आ-आफ्नो सुझाव अनि सांगठनिक विचार राखेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय समितिको सदस्य एंव खरसाङ टाउनको संयोजक समीरदीप ब्लोनले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।









