जीटीए र सञ्जीवनी हेल्प डेस्कको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर समापन

00-1-Screenshot_20230226_173426_WhatsApp-1

दार्जीलिङ: जीटीए र सञ्जीवनी हेल्प डेस्कको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आज समापन भयो। उक्त शिविरमा क्यान्सर, अर्थो, गाइनो, आँखा साथै अन्य रोगहरूको उपचारका लागि युमा नर्सिङ अस्पताल, दार्जीलिङ सदर अस्पताल, नर्थ बेंगल नर्सिङ होम, रेटिना इन्सिच्युट अफ बङ्गाल, कर्किनोज हेल्थ, प्यारामाउन्ट अस्पताल, आनन्दलोक अस्पताल, हिमालयन आई इन्सिच्युट अनि अन्य धेरै अस्पतालहरूका प्रख्यात डाक्टरहरुद्धारा बिमारीहरूलाई निःशुल्क जाँच गरी सेवा प्रदान गरे। सञ्जीवनी हेल्प डेस्कको निःशुल्क स्वास्थ्य शिविरको आज अन्तिम दिन करिब चार सयजना बिरामीहरू आफ्नो स्वास्थ्य जाँच गराए। उक्त शिविरको बारेमा जानकारी गराउँदै बिन्नी शर्माले सबै डाक्टरहरु साथै सहयोगीहरुलाई धन्यवाद दिँदै आउँदो दिनहरूमा हुने स्वास्थ्य सेवा शिविर कार्यक्रमहरुमा सर्वसाधारणलाई फाइदा उठाउने साथै आफ्नो स्वास्थ्य प्रति जागरूक बन्ने आग्रह गरे। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement