आईपीएल २०२३: सौरभ गांगुलीले खुलाए उधुम मच्चाउने ५ खेलाडीको नाम

00-Saurabh-Ganguly

नयाँ दिल्ली: आईपीएल (इण्डियन प्रिमियर लिग) आउँदो महिना ३१ मार्चदेखि शुरु हुँदैछ। विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग मध्येको एक आईपीएललाई भारतमा हरेक क्रिकेट फ्यानले उत्सवको रूपमा मनाउने गरेको छ। यस वर्षको आईपीएलमा १० टोली सहभागी हुनेछन्। यसको फाइनल २८ मई हुनेछ। यसैबीच भारतीय पूर्व कप्तान सौरभ गांगुलीले आईपीएलका खेलाडीको बारेमा धेरै नयाँ कुरा गरेका छन्। गांगुलीले आईपीएल २०२३ मा ५ खेलाडीले राम्रो प्रदर्शन गर्ने बताएका छन्।

सूर्यकुमार यादव: सौरभगांगुलीले सूर्यकुमार यादवको बारेमा भने, ‘उनी अहिलेका उत्कृष्ट खेलाडीमध्ये एक हुन्l’ उनले अहिले राम्रो खेले पनि आफूलाई जवान मान्न नसक्ने गांगुलीले बताए।

पृथ्वी शा: सौरभ गांगुलीले पृथ्वीशालाई प्रतिभाशाली बताएका छन्l उनले भने, ‘पृथ्वी शा धेरै प्रतिभाशाली खेलाडी हुन्। उनी अझै युवा खेलाडी हुन् र उनीसँग टी–२० क्रिकेटमा चमत्कार गर्ने क्षमता छl’ पृथ्वी यस वर्ष दिल्ली क्यापिटल्सबाट खेल्ने देखिएका छन्।

ऋतुराज गायकवाड: ऋतुराजले आईपीएलमा फरक छाप छोडेका छन्। ऋतुराजले आईपीएलमा जम्मा ३६ खेल खेलेका छन्। त्यति नै खेलमा उनले १० अर्धशतक र १ शतक प्रहार गरेका छन्। गांगुलीले भने, ‘म यो खेलाडीमा नजर राख्छुl’

उमरान मलिक: गांगुलीले फास्ट बलर उमरान मलिकको पनि प्रशंसा गरेका छन्। उनले आफू यस्तो बलर भएको बताए जसले आफ्नो गतिले ब्याट्सम्यानलाई निरन्तर समस्यामा पार्नसक्छ। उमरानले खेलेका १७ खेलमा २४ विकेट लिएका छन्।

शुभमन गिल: गांगुलीले शुभमन गिलको पनि प्रशंसा गरे। शुभमन गिलले आईपीएलमा अहिलेसम्म ७४ खेल खेलिसकेका छन् जसमा उनले १४ अर्धशतक बनाएका छन्। गिलले आफ्नो आईपीएल करियरमा १९०० रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement