महिलाको रहस्यमय मृत्यु, छोरा पक्राउ

Screenshot_20230226_171339_WhatsApp.jpg

जलपाइगढी: जलपाइगढीमा बन्द कोठाभित्र एक महिलाको रहस्यमय मृत्यु भएको छ। जबकि उनका छोरा पनि छेउको कोठामा थुनिएका थिए। प्रहरीले बन्द कोठाबाट शव निकालेर छोरालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनालाई लिएर आइतबार जलपाइगढी सहरको बाबुपाडा क्षेत्रमा सनसनी फैलिएको छ। कोतवाली थाना घटनास्थल पुगेको पुलिसले आएर शव बरामद गरी छोरालाई पक्राउ गरेको थियो। आज बिहानैदेखि घरको ढोका र झ्यालमा ताला लगाइएको स्थानीयले बताएका छन्। छोरा पावेल चक्रवर्ती घरभित्र र आमा मिष्टी मुखर्जी (५५) छेउको कोठामा थिइन्। सूचना पाएपछि पुलिस पुग्यो। पुलिस आएर ढोका खोलेर घरबाट आमाको शव फेला पारेको थियो। पुलिसले छोरालाई सोधपुछका लागि थाना लगेको छ। मिष्टीको श्रीमानले दुई बिहे गरेको थाहा छ। उनका श्रीमानको मृत्यु २२ फरवरीमा भएको थियो। घटनास्थलमा नगरपालिकाका उपाध्यक्ष तथा स्थानीय नगरसेवक सैकत चट्टोपाध्याय पुगेका थिए। आमाको शवलाई पोस्टमार्टमका लागि जलपाइगढी अस्पतालको शवगृहमा लगिएको थियो। मृत्युको वास्तविक कारण पोष्टमार्टमपछि मात्र थाहा हुने पुलिस स्रोतले जनाएको छ। पुलिस अनुसार अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement