एनएफआर महाप्रबन्धक अंशुल गुप्ताले ‘जेएसएल एनएफआर  उत्तर पूर्व हाफ म्याराथन’लाई देखाए हरियो झण्डा

00-1-IMG-20230226-WA0123

दार्जीलिङमा भएको दौडमा विश्वभरका १ हजार धावकहरू बने सहभागी

दार्जीलिङ: जिन्दल स्टेनलेस (जेएसएल), दार्जीलिङ हिमालयन रेलवे र पूर्वोत्तर सीमान्त रेलवे (एनएफआर)को साझा आयोजनामा हुने जेएसएल एनएफआर नार्थ ईस्ट हाफ म्याराथनलाई जीएम, एनएफआर (पूर्वोत्तर सीमांत रेलवे), अंशुल गुप्ता, र तरुण खुल्बे, सीओओ अनि निदेशक र डीजीएम एनएफआर राजीव महाजनले हरियो झण्डा देखाएर शुरु गराएका छन्l कार्यक्रममा सांसद राजु विष्ट, प्रख्यात पर्वतारोही जमलिङ तेन्जिङ नोर्गे (विश्वप्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गेका छोरा), फुटबलर बाइचुङ भुटियालगायतको उपस्थिति रहेको थियो। यो २१.१ किलोमिटर लामो दौड थियो, जुन चौरस्ता, दार्जीलिङबाट शुरु भयोl म्याराथनको उद्देश्य उत्तर पूर्वी भारतको विकास, खेलकुदको प्रवर्द्धन र युनेस्कोको विश्व सम्पदामा समावेश दार्जीलिङ हिमालयन रेलवेको प्रवर्द्धन रहेको छ, जुन उदाहरणीय बनेको छ। जेएसएल एनएफआर एनई हाफ म्याराथन कप्तान राहुल बालीको विशेषज्ञतामा तयार गरिएको हो।

जिन्दल स्टेनलेसका प्रबन्ध निर्देशक अभ्युदय जिन्दलले भने, ‘जेएसएल एनएफआर एनई हाफ म्याराथनको उद्देश्य यस क्षेत्रमा खेलकुद र विकासलाई प्रवर्द्धन गर्नु रहेको छ। हामी एनएफआर र डीएचआरलाई उत्तर पूर्वको पहिलो हाफ म्याराथन आयोजना गर्नको लागि दयालु सहयोगको लागि आभारी छौं। दौडमा सहभागीहरुको उत्साह ऊर्ण रुपले हौसलादयाक थियो। खेलकुदको प्रवर्द्धन गर्न, क्षेत्रको सम्भावनालाई उजागर गर्न र यसको विकासमा योगदान पुर्‍याउन सम्पूर्ण समुदायलाई एकजुट गर्न यो कार्यक्रम सफल भएको देख्न पाउँदा खुशी लागेको छl’

जिन्दल स्टेनलेसका सीओओ एवं र निर्देशक तरुण खुल्बेले भने, ‘प्रधानमन्त्रीको देशका सबै खेलाडीहरूका लागि दृष्टिकोण रहेको छl खेलहरूले समुदाय र देशहरूलाई एकसाथ ल्याउन ठूलो भूमिका खेल्नसक्छ ताकि उनीहरू एकसाथ बढ्न सक्छन् भन्ने विश्वास छ। भारत विविधता भएको देश हो। यहाँ धेरै प्रतिभाशाली र उत्साही खेलाडीहरू छन्। भविष्यमा उनीहरू भारतको भविष्य बन्नेछन्। देशका हरेक राज्यलाई विकसित बनाउने प्रधानमन्त्रीको मिशन हो। हामी विश्वास गर्छौं, हामी हाम्रा केही प्रयासहरू मार्फत यी मिसनहरूको एक हिस्सा बनिरहेका छौं। आज मैले यी धावकहरूमा देखेको खेलकुदले मलाई गर्व गर्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement