अब गोर्खाहरुको सपना पूरा गर्ने समय आएको छ: माणिकला तामाङ

00-1-Screenshot_20230226_125704_WhatsApp

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको सदस्य मणिकला तामाङले आज पर्जापट्टा बारेमा एक प्रेस विज्ञप्ति जारी गरेकी छिन्l यसबारेमा उनले भनिन्, ‘सत्तारुढ दलले आफ्नो राजनैतिक रोटी सेक्ने कार्य गरिरहेको छl हामी पर्जापट्टाको विरोधमा छैनौं, तर हाम्रो पुर्खादेखि मेहनत गर्दै आएको सुन्तला बारी, अलैंची बारी सबै दिनुपर्छ। आफ्नो पर्जापट्टा नथाप्नु भन्दैनौं, तर हाम्रो बाजेबोज्युले कमाएको सबै जग्गा-जमिन दिनुपर्छ। चियाबारी अनि बस्तीका मानिसहरू अब होशियार हुनपर्छ, किनभने भर्खरै मात्र छिमेकी राज्य सिक्किममा विदेशी भनेर लाञ्छना लगाएका छन्l’ दार्जीलिङ विधानसभा क्षेत्रका भाजपाका विधायक निरज जिम्बा जिम्बालाई बङ्गाल विभाजनविरुद्धको प्रस्तावविरुद्ध विधानसभामा गोर्खाहरुको दस्तावेजसहित आफ्नो आवाज बुलन्द पारेको भन्दै उनले धन्यवाद जनाएकी छिन्। यस सिलसिलमा उनले खरसाङ विधानसभा क्षेत्रका भाजपाका विधायक बीपी बजगाइँलाई पनि धन्यवाद जनाएकी छिन्l उनले भनिन्, ‘गोर्खाहरुलाई विभाजन गर्ने एउटा ठूलो षड्यन्त्र रचेको थियोl यसको निम्ति सुवास घिसिङले छुट्टिएका सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मान्यता दिनुपर्छ भनेर केन्द्र सरकारलाई जनाइसकेका छन्। गोर्खाहरुलाई धेरै अन्याय भएको छ, संकल्पपत्रमा लेखिएअनुसार छुटेका  सम्पूर्ण गोर्खा जातिलाई जनजातिको मान्यता दिनुपर्छl’ उनले अझ भनिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी विश्वमा देशको नाम उच्च गरेका छन् त्यसरी नै अब गोर्खाहरुको सपना पनि पूरा गर्ने समय आएको छl त्यसैले संवैधानिक प्रावधानअनुसार अब चाँडै गोर्खाहरुलाई न्याय दिनुपर्छl’ यसैक्रममा मणिकला तामाङले सांसद राजु बिष्टलाई धन्यवाद जनाएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement