सिलगढी: भारतले जी-२० अध्यक्षताको भार सम्हालेपछि देशभरमा यो विभिन्न क्षेत्रमा कार्यक्रमहरू भइरहेका छन्l यता सिलगढी र दार्जीलिङमा पनि जी-२० को कार्यक्रम हुनेभएपछि यसको तयारी शुरु भएको छl जी–२० शिखर सम्मेलनको बारेमा सिलगढीमा सर्वसाधारणलाई जानकारी गराउन आज विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर रंगारंग र्याली निकालियो। बाघजातिन पार्कबाट शुरु गरिएको र्याली हाश्मीचोक, सेवक मोड, महात्मा गान्धी चोकमा पुग्यो। उत्तर बङ्गाल सहोदय स्कूल कम्प्लेक्सको देखरेखमा जी–२० सम्मेलनको सन्दर्भमा शहरमा रंगारंग र्यालीमा विद्यार्थीहरूको सहभागिता रहेको थियो। शनिबार, लोकसभाका अध्यक्ष ओम बिरलाले विद्यार्थीहरूलाई जी-२० शिखर सम्मेलनको फाइदा र गौरवको बारेमा बताएका थिए। सिलगढीका सर्वसाधारणलाई जी-२० शिखर सम्मेलनको बारेमा जानकारी दिन आज (आइतबार) र्याली आयोजना गरिएको होl