सुकेपोखरी: जोरबङ्लो-सुकेपोखरी खण्ड विकास कार्यालयअन्तर्गत सबै ग्राम पंचायत क्षेत्रमा कम्युनिटी हेल्थ केयर मानेजमेन्ट इनिसियटिभको यस महिनाको चौथो शनिबार सभा सम्पन्न भयो। सुकेपोखरी खण्ड विकास कार्यालयअन्तर्गत रहेको सबै १६ वटा ग्राम पंचायतमा खण्ड विकास कार्यालय विभागीय अधिकारी, ग्राम पंचायत सचिव, खण्ड स्वास्थ्य केन्द्रअन्तर्गत विभिन्न स्वास्थ्य उपचार केन्द्रका स्वास्थ्य अधिकारी, ऐएनएम, आशाकर्मी, आईसीडीएस कर्मचारी, स्वनिर्भर समुह अनि भीबीडीसीटी टीमका सदस्यहरूको उपस्थिति अनि सहभागितामा चौथो शनिबार सभामा सामुदायिक स्वास्थ्य सम्बन्धित बारेमा चर्चा-परिचर्चा गरियो। ग्राम पंचायतको सीएचसीएमआईको चौथौ शनिबार सभामा पंचायत सचिवले सभाको अवधारणा बारे अवगत गराउँदै सामुदायिक स्वास्थ्य विकासमा ग्राम पंचायत, स्वास्थ्य विभाग अनि आईसीडीएसलगायत स्थानीय नागरिकहरूको भुमिका अनि कार्यबारे प्रकाश पारेर स्थानीय गाउँ-घरको स्वस्थ्य परिसेवाबारे चर्चा परिचर्चा गरिएको खण्ड विकास कार्यालयबाट जानकारी प्राप्त भएको छ। सभामा सामुदायिक स्वास्थ्य अनि इन्स्टिच्युटनल डेलिभरी, जन्म-मृत्यु तथ्य संकलन आदि बारे अवगत गराउँदै स्वास्थ्य सेवामा सुधार अनि विकसित गराएर जनसाधारणलाई सेवा पुर्याउने उद्देश्य बारे सभमा चर्चा गरिएको जानकारी खण्ड विकास कार्यालयबात जानकारी दिइएको छन्।