नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २१८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८६,०१७ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले केरालामा ४ जना र सिक्किममा १ जना गरी माेठ ५ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७६९ पुगेको छ। यसरी नै यस अवधिमा १५४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५३,०९९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,१४९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०४,४९४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,८४,७९,७२९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५,८४१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,८०,६८२ जनाले यो खोप लगाइसकेको छन्।