२६ फरवरीः स्थानीय प्रतिभाहरूलाई लगातार प्रशिक्षण प्रदान गरी स्तरीय फूटबल खेलाड़ीमा परिणत गर्दै आउने ब्राइट स्पोर्टिंग क्लबका दुईजना खेलाड़ीले सेल फूटबल एकाडमीमा मौका पाएका छन्। यी दुई खेलाड़ीहरूमा राजेश सिंह साहुडांगी वासिन्दा हुन्। यसरी नै बिष्णु छेत्री खोलाचन्द फाप्री वासिन्दा हुन्। राजेश र बिष्णुले यसअघि विभिन्न टुर्नामेण्टहरूमा असल प्रदर्शन गरिसकेका छन् अनि यसपाली सेल फूटबल एकाडमीमा चयन भएपछि स्थानीय खेल जगतमा खुशीको लहर छाएको छ।