छाङ्गु र नथुलाको अध्ययन भ्रमण

Untitled-1-copy-39

सिक्किमः राष्ट्रमण्डल संसदीय संघ, भारत क्षेत्र, जोन तीनको १९औं वार्षिक सम्मेलनको तेस्रो दिन नथुला र छाङ्गुको अध्ययन भ्रमण सम्पन्न गरियो। सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा पनि भ्रमण टोलीसॅंग गएका थिए। भ्रमण टोलीमा राष्ट्रमण्डल संसदीय संघका अध्यक्ष एवं अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष पासाङ दोर्जी सोना, त्रिपुरा विधानसभाका अध्यक्ष रतन चक्रवर्ती, उत्तराखण्ड विधानसभाका अध्यक्ष ऋतु खण्डुरी तथा अन्यहरू सामेल थिए।

भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनका कमाण्डिङ अफिसर कर्णेल सन्दिप श्रीधरनले गणमान्य जनलाई स्वागत जनाउॅंदै नथुलाको इतिहासमाथि प्रकाश पारे। उनले नथुला पास कैलाश मानसरोवरको प्रवेशद्वार पनि रहेको बताए। अधिकारीले गणमान्य जनलाई स्मृति चिन्ह पनि प्रदान गरे। भ्रमण टोलीले बाबा हरभजन सिंह मन्दिरको पनि भ्रमण गरेर दर्शन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *