सुकियापोखरी: सुकियापोखरी खण्ड अन्तर्गत पर्ने छोटा पुबोङ चियाबारीमा पर्जा पट्टा विषय लिएर भागोप्रमो छोटा पुबोङ शाखा काे एक सभा स्थानीय सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभामा प्रतिनिधित्व गर्दै हिल ट्रेड युनियनका अध्यक्ष जेबी तामाङ्ग, जीटीएका जन सम्पर्क अधिकारी एसपी शर्मा, भागोप्रमो युवा मोर्चा का केन्द्रीय सांगठनिक सचिव रिवज मुखिया लगायत गाउँका प्रतिविधिहरू उपस्थित थिए। पर्जा पट्टा सम्बन्धी आजभोलि भई रहेको अन्योलता विषय जन जिज्ञासा हरुलाई सुल्झाउँदै ग्रामबासीकाे प्रश्नहरुको उत्तर दिए।










