रविन्द्र जडेजालाई उपकप्तानको रूपमा देख्न चाहन्छन् भज्जी

IMG-20230225-WA0271.jpg

२५ फरवरीः भारत र अष्ट्रेलियाबीच बोर्डर-गावस्कर ट्रफीको तेस्रो टेस्ट म्याच १ मार्चदेखि इन्दौरको होल्कर स्टेडियममा खेलिनेछ। चारवटा टेस्ट म्याचको सीरीजमा पहिलो दुईवटा म्याच जितेर भारत अहिले २-०-ले अघि रहेको छ। सीरीजको अन्तिम दुईवटा म्याचको निम्ति भारतीय टीमको घोषणा भइसकेको छ तर केएल राहुललाई उपकप्तानको पद हासिल भएको छैन। यस्तो स्थितिमा भारतका पूर्व क्रिकेटर हरभजन सिंह अलराउण्डर रविन्द्र जडेजालाई उपकप्तानको भूमिकामा देख्न चाहन्छन्। हरभजनले भने, वर्तमान लय अनि अनुभवलाई ध्यानमा राखेर जडेजालाई टीमका उपकप्तान बनाउन सकिन्छ। अहिले जिम्मेवारी पाए जडेजाले अझ राम्रो प्रदर्शन गर्न सक्छन्। उनी टीमका सीनियर खेलाड़ीहरूमा एक हुन्। अहिले उनी आफ्नो करियरको शीर्षमा रहेका छन्। टीमको निम्ति उनले बलको साथमा ब्याटको साथ पनि असल प्रदर्शन गरिरहेका छन्। राहुल अहिले लयमा छैनन्। यसैकारण जडेजालाई जिम्मेवारी दिन सकिन्छ। उनी म्याच विजेता खेलाड़ी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement