उत्तरपूर्वी राज्यहरूमा साक्षरताको क्षेत्रमा सिक्किम पहिलो

IMG-20230225-WA0278.jpg

गान्तोक: प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्ले १० वर्ष मुनिका बालक-बालिकाको साक्षरताको सूचक आधारभूत साक्षरता र संख्यात्मक प्रतिवेदन २०२३ प्रकाशित गरेको छ जसमा सिक्किम राज्य पूर्वोत्तर राज्यहरूमै पहिलो स्थानमा रहेको छ भने देशमा पञ्जाब र केरलपछि तेस्रो स्थानमा रहेको छ। आधारभूत साक्षरता र संख्यात्मक रिपोर्ट प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष डा. विवेक देबरोयले जारी गरेका हुन्।सूचांकले पाँच प्रमुख मापदण्डहरू र ३६ सूचकहरूको आधारमा राज्यहरूलाई क्रमबद्ध गरेको छ। यसमा शैक्षिक पूर्वाधार, शिक्षामा पहुँच, आधारभूत स्वास्थ्य, सिकाइ उपलब्धि र सुशासन समावेश छन्।

यस महत उपलब्धिको निम्ति राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षा विभाग, शिक्षकगण, विशेष गरी राज्यका प्राथमिक शिक्षकहरूलाई बधाई दिएका छन्। यस महत्वपूर्ण उपलब्धिको निम्ति उनीहरूले अथक प्रयास गरेको मुख्यमन्त्री तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement