गेजिङका जिल्लापाल योङदाद्वारा बुम्चु पर्व तयारीलाई लिएर निरीक्षण

IMG-20230225-WA0274.jpg

गान्तोक: आगामी ६-७ मार्चमा पालन गरिने बुम्छु पर्व तयारीलाई लिएर गेजिङ जिल्लाका जिल्लापाल हिस्सी डी. योङदाले कार्यक्रमस्थलको निरीक्षण गरिन्। निरीक्षणको क्रममा धर्म विभागका सल्लाहकार आरबी भोटिया, जिल्ला पञ्चायत लगायत विभिन्न विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षण टोलीले कार्यक्रमस्थलको निरीक्षण जायजा लिँदै भक्तजनको निम्ति बस्ने प्रबन्धन लगायत अन्यबारे जानकारी लियो। जिल्लापालले बुम्छु पर्व तयारीलाई लिएर सम्वन्धित निकायका अधिकारीहरूसँग अन्तक्रिया पनि गरिन्। विशेष गरेर दुई दिवसीय उक्त पर्वमा राज्य बाहिरबाट पनि धेरै भक्तजनको आगमन हुने भएकोले उनीहरूको निम्ति शौंचालय, औषधि, सुरक्षा आदिबारे जानकारी लिइन्।

सो कार्यक्रममा प्लास्टिकको प्रयोग कम गराउनेबारे पनि निर्देश दिएकी छन्। यसै क्रममा टोलीले थुटो सिल्वा सल शमसानघाटको पनि भ्रमण गर्‍यो जहाँ समितिले दाहसंस्कारको क्रममा अत्यन्त आवश्यक पर्ने साना पूर्वाधारहरू स्थापना गर्न अनुरोध गरेको थियो।
गुम्पा समितिले भ्रमणका लागि जिल्लापाल प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएको छ।

About Author

Advertisement