नान्डोकमा शिक्षा विभागको समन्वय बैठक

IMG-20230225-WA0276.jpg

गान्तोक: गान्तोक जिल्ला शिक्षा कार्यालय अधिकारीहरूको समन्वय बैठक सम्पन्न भयो। मुख्य शिक्षा अधिकारी गान्तोक र जिल्ला शिक्षा कार्यालयबीच सम्पन्न बैठकमा नान्दोक ब्लक अन्तर्गतका विद्यालयका प्रधानाध्यापक र बीएसी अधिकारीहरूको सहभागिता थियो। बैठकमा छिरिङ चिंगापाको अध्यक्षतामा भएको थियो। त्यसपछि विद्यालय तथा ब्लक कार्यालयमा जनशक्तिको स्थिति, पूर्वाधार, शैक्षिक क्षेत्रमा भइरहेको गतिविधि र शैक्षिक सत्र २०२३ को योजनाको जानकारी सहितको ब्लक प्रतिवेदन ब्लक प्रमुख टी. बी. राईले प्रस्तुत गरेका थिए। उनले योजनाको बारेमा विस्तृत रूपमा जानकारी दिए। उनले विद्यार्थी भर्ना अभिवृद्धि गर्ने, विद्यार्थीको नियमित हाजिरी सुनिश्चित गर्ने, विद्यालयमा उनीहरूलाई कायम राख्ने र पोषणयुक्त खाना उपलब्ध गराउने योजनाका लक्ष्यहरूबारे अवगत गराए। उनले उक्त योजनाका अन्य महत्वपूर्ण पक्षका बारेमा पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement