अखिल किराँत राई संघको गेजिङ – सोरेङ जिल्ला कार्यकारी समिति गठन

IMG-20230225-WA0277.jpg

गान्तोक: अखिल किराँत राई संघको गेजिङ अनि सोरेङ जिल्लाको निम्ति कार्यकारी समिति गठन गरियो। पश्चिम सिक्किमको बैगुणेस्थित रोदुङ खिमको प्रेक्षागृहमा आज सम्पन्न बैठकमा यी दुई जिल्लाको कार्यकारी समिति गठन गरिएको छ। आजको यस बैठकमा अखिल किराँत राई संघ, सिक्किमका महासचिव जेपी राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने कार्यक्रममा केन्द्रिय कार्यकारी समितिका पूर्व उपाध्यक्ष आरबी राई लगायत अन्य पदाधिकारीगणको उपस्थिति रहेको थियो। पूर्व उपाध्यक्ष आरबी राईको अध्यक्षतामा सम्पन्न बैठकमा वृहत चर्चा परिचर्चापछि गेजिङ जिल्ला कार्यकारी समितिका सभापतिको पदमा उत्तरे निवासी जी. के. याङमालाई मनोनित गरियो भने मियोङ निवासी बीके राईलाई उपसभापति अनि मूल सचिवको रूपमा मेली ताथाङ निवासी सुनिल राईलाई मनोनित गरियो। लेगसेप निवासी आरबी राईलाई समितिको कोषाध्यक्ष मनोनित गरियो। योसँगै अन्य १० जनालाई कार्य सदस्यको रूपमा मनोनित गरियो। यसरी नै सोरेङ जिल्ला कार्यकारी समितिमा सभापतिको रूपमा मंगलबारिया निवासी सूरज राईलाई मनोनित गरियो भने मूल सचिवको रूपमा जूम निवासी खगेन्द्र राईलाई मनोनित गरियो। यसरी नै रिञ्चेनपोङ निवासी बीरमान राईलाई कोषाध्यक्ष मनोनित गरियो। प्रचार सचिव रोशन राई जीललाई मनोनित गरिएको छ जसमा अन्य ९ जनालाई कार्यकारी सदस्यको रूपमा मनोनित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement