गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले देशका उपराष्ट्रपति जगदीप धनखड्सँग भेट गरेका छन्। उक्त जानकारी भारतका उपराष्ट्रपतिको ट्विटर ह्यान्डलले ट्वीट गरेर साझा गरेको छ। ट्वीटमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज उपराष्ट्रपति निवासमा उपराष्ट्रपति जगदीप धनखड्सँग भेट गरेको बताइएको छ। स्मरण रहोस्, लक्ष्मण प्रसाद आचार्य केही दिनअघि मात्र सिक्किमका राज्यपाल नियुक्त भएका हुन्।