शिवमन्दिर बीएड कलेज नजिकबाट ब्राउन शुगरसहित एक युवक पक्राउ

fc49de98-1ce3-48fa-8ab2-37714e3f60d2-1024x576.jpg

सिलगढी: ब्राउन शुगरको तस्करी गर्न अगावै सिलगढीको शिव मन्दिर बीएड कलेज छेउबाट डीडी अनि मतिगढा थाना पुलिसले मादक पदार्थ सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ परेको व्यक्ति बब्लू बर्मन (२८) को रुपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बब्लू बर्मन आज साँझ मतिगढ़ा थाना अन्तर्गत शिवमन्दिरको बीएड कलेज नजिक स्कूटी लिएर तस्करी गर्न आएको गोप्य सूत्रमार्फत थाहा पाएपछि डीडी र मतिगढ़ा थाना पुलिस तत्कालै घटनास्थलमा पुग्यो। यसपछि एउटा स्कूटीलाई सन्देहको आधारमा रोकेर छाबिन गर्दा एउटा प्याकेटमा रहेको १८० ग्राम ब्राउन शुगर उद्धार गयो, जसको बजार मूल्य लाखौं रुपियाँ बताइएको छ। यसपछि एक्जीक्यूटिभ म्याजिस्ट्रेट राजेन छेत्रीको उपस्थितिमा डीडी र मतिगढा पुलिसले कार्वाही गर्दै मादक तस्करी गरेको आरोपमा बब्लू बर्मनलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। पुलिसले आरोपी बब्लूलाई भोली आइतबार सिलगढी अदालतमा पेश गर्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement