जलदापाडा राष्ट्रिय उद्यानमा गैँडाको हमलामा पर्यटक बोकेको वाहन पल्टिँदा ७ जना घाइते

8f1cb978-38a9-4e24-a0d6-bf7b1ee11cf0

जलदापाडा: जलदापाडा राष्ट्रिय उद्यानमा इलाका दखललाई लिएर दुईवटा गैँडाको लडाइँमा मोठ ७ जना पर्यटकहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज इलाका दखललाई लिएर झगडा गर्दै दुईवटा गैँडा सडकमा आइपुगेपछि पर्यटक बोकेको एउटा सफारी वाहन त्यहीँ सडक भएर जाने क्रममा गैँडाको रोषको सामना गर्नपर्यो। त्यस समय चालकले वाहनलाई पछि लैजाने प्रयास गर्दा नजिकैमा रहेको ड्रेनमा वाहन पल्टियो। घटनामा चालक सहित मोठ ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर मदारीहाट स्वास्थ्य केन्द्रमा लगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement