टर्की र सिरिया भूकम्प: ५० हजार नाघ्यो मृत्यु संख्या

फोटो स्रोत: सोसियल मिडिया

यसै महिना ६ फरवरीमा टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४ हजार २ सय नाघेको बताएको छ। सिरियामा भूकम्प कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरूको रिपोर्टअनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवनहरू कोही ध्वस्त भएका छन् भने कतिमा ठूलो ठूलो गरेर चर्किएका छन्। जसमा पाँच लाख २० हजारभन्दा बढी घरहरू रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement