मिरिक: आज शनिबार मिरिक आले खेल मैदानमा मिरिक महकुमाको विभिन्न संघ-संस्था अनि स्कुलहरूलाईसमाजिक चेतना अभियान अन्तर्गत एसएसबीको आठौ वाहिनी खोप्रेलले खेलकुदका सर सामग्रीहरू वितरण गयो। यसको साथै मिरिकको एकतिस अनि सिस्ने गाँउवासीहरूलाई सोलर सेटलाइट पनि प्रदान गयो यस अवसरमा एसएसबी का कमानडेन्ट चन्द्रपाल राठौर, कमानडेन्ट राजू यादव, मिरिक महकुमाका डीएमडीसी मृदुल श्री मणी, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीलगायत विभिन्न संघ-संस्था अनि स्कुलका प्रतिनिधिहरू उपस्थित थिए।

मिरिक महकुमाको विभिन्न संघ संस्था अनि स्कुलहरूलाई एसएसबी को तर्फबाट खेलकुदका सामग्री फुटबल क्यारेम बोर्ड, भलिबल आदि वितरण गयो। यस अवसरमा एसएसबी का कमानडेन्ट चन्द्रपाल राठौरले सीमा क्षेत्रमा बसोवास गर्ने मानिसहरूको सुरक्षा मात्र नगरेर एसएसबीले सिमावर्ती क्षेत्रमा बसोवास गर्ने मानिसहरूसित मधुर सम्बन्ध राखेर समाजिक चेतना अभियानमार्फत धेरै समाजिक कार्यहरू पनि गरिरहेको अवगत गराए।

आजका युवाहरू नै भविष्यका कर्णधारहरू रहेकोले तिनीहरूलाई उचित मार्ग निर्देश साथै खेलकूदको क्षेत्रमा अग्रसर गराउने उद्देश्य लिएर नै खेलकुदका सामग्रीहरू वितरण गरेको तिनले बताए।