दिव्याङ्ग व्यक्तिलाई खोरीबारीमा व्हिलचेयर प्रदान

Capture6-8.png

खोरीबारी: खोरीबारी खण्ड युवा तृणमूलले एक दिव्याङ्ग व्यक्तिको सहयोगको लागि अघि आएको छ। खोरीबारी खण्डको डोहागढी इलाका निवासी अमिन बहान गत केही महिना अघिदेखि शारीरिक रूपमा दिव्याङ्ग बनेका छन्। खोरीबारी ब्लक युवा तृणमूलले तिनको स्थितिबारे थाहा पाएपछि आज तिनलाई व्हिल चेयर प्रदान गरे व्हिल चेयर पाएर तिनी निक्कै खुसी भए। यस अवसरमा ब्लक युवा तृणमूल अध्यक्ष किशोरी मोहन सिंह, खोरीबारी पञ्चायत समितिका उपाध्यक्ष महेश चन्द्र सिंह लगायत अन्य सदस्यहरू उपस्थित थिए। यस सम्बन्धमा किशोरी मोहनले भने, खोरीबारी ब्लक युवा तृणमूल-ले धेरै समय अघिदेखि मानिसहरूको सहयोग गर्ने प्रयास गरिरहेको छ। भविष्यमा पनि यस प्रकारको कार्य गरिनेछ।

About Author

Advertisement